Techie IT
मंगलबार, माघ २९,२०८१

मलेसिया रोजगारी खुल्दै, कामदारको खर्च रोजगारदाताले बेहोर्ने


बन्द रहेको मलेसिया रोजगारी सुचारु गर्न त्यहाँका मानव संशाधन मन्त्री एम कुलेसेगरन आइतबार आज काठमाडौं आउँदैछन् ।

नेपालीका लागि ६ महिनादेखि बन्द मलेसियाको रोजगारी पुनः सुचारु गर्न दुवै मुलुकबीच समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ । यसैका लागि मन्त्री कुलेसेगरन काठमाडौं आउने भएका हुन् ।

यसअघि सञ्चालनमा रहेका बायोमेडिकल [बायोमेट्रिक], ओएससी, आइएससी जस्ता संस्थालाई निरन्तरता दिन सहमति भएपछि पहिलोपटक नेपाल र मेलसियाबीच श्रम समझदारी [एमओयु] हुन थालेको हो ।

६ महिनाअघिकै प्रक्रियाम अनुसार मलेसियाले नेपालबाट कामदार लैजाने भए पनि अबदेखि कामदारको सम्पूर्ण खर्च मलेसियान रोजगारदाताले बेहोर्ने छन् ।आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #मलेसिया रोजगारी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
14°
Clear
6:42 am5:53 pm +0545