एमाले तारकेश्वर–१० को सम्पूर्ण टोल कमिटीले पायो पूर्णता

काठमाडौं । नेकपा एमाले तारकेश्वर–१० कमिटीका अध्यक्ष श्याम महर्जनको संयोजकत्वमा ८ वटा टोल कमिटी गठन गरी पूर्णता दिइएको छ ।
उक्त टोल कमिटीमा जिल्ला कमिटी सदस्य एवं इन्चार्ज मीना थापा, तारकेश्वर नगर कमिटीका उपाध्यक्ष धुर्वराज राई, नगर कमिटीका सदस्य एवं वडा इन्चार्ज कृष्णलाल डंगोल, नगर कमिटी सदस्य एवं वडाध्यक्ष अमृत थापाको विशेष उपस्थितीमा एमाले टोल कमिटी विस्तार गरिएको हो ।
टोल कमिटीहरुमा संयोजक र सचिव सर्वसम्मत चयन गरी सदस्यहरुसहितको नेकपा एमाले टोल कमिटी गठन गरिएको छ । उक्त टोलअन्तर्गत मनमैजु टफा पारी टोल कमिटी (संयोजक) दामोदर न्यौपाने, नागेश्वरी संगम–अनमोल टोलकमिटी (संयोजक) मुकुन्द विडारी, मिलिजुली मिजन्स पृथ्वी टोल कमिटी संयोजक मञ्जु पुर्जा थापा, (सचिव) नारायण केसी, बैकुण्ठपुरी–गौरी टो कमिटी (संयोजक) तारा लामा, (सचिव) लक्ष्मी रिजाल, ऐश्वर्यनगर–राजटोल–हिमालयनटोल किमिटी (संयोजक) कृष्णप्रसाद रिमाल, (सचिव) शंकरप्रसाद उप्रेती, सूर्योदय–नाट्यश्वरमार्ग टोल कमिटी (संयोजक) सीता पाठक, शिवनगर–सप्तऋषि–सिद्धेश्वर टोल कमिटी (संयोजक) रामजी तिवारी, (सचिव) हरि शाक्य, हिलेडोल हाइट टोल कमिटी (संयोजक) प्रकाशराज कार्की र (सचिव) प्रकाश खड्कालगायतको टोल कमिटी विस्तार गरिएको छ ।
आगामी बैशाख ३० गते देशभर हुन गइरहेको स्थानीय निर्वाचनको लागि लक्षित गरी उक्त टोल कमिटी विस्तार गरिएको एमाले तारकेश्वर–१० कमिटीका अध्यक्ष श्याम महर्जनले जानकारी दिए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्