Techie IT
शुक्रबार, असार ८,२०८१

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव शर्माद्वारा पार्टी परित्यागको घोषणा


काठमाडौं, ८ चैत । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्माले पार्टी परित्यागको घोषणा गरेका छन् ।

माओवादी केन्द्र घोराही उपमहानगर कमिटीको अध्यक्षसमेत रहेका प्रमोद शर्माले पार्टीप्रति असन्तुष्टि जनाउँदै माओवादी त्यागेको घोषणा गरेका हुन् ।

जिल्ला कमिटी दाङको जिम्मेवारी बाँडफाँडमा असन्तुष्टि जनाउँदै उनले माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका हुन् ।

‘आजको मितिदेखि म नेकपा (माओवादी केन्द्र)को साधारण सदस्य समेत नरहनेगरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु,’ उनले फेसबुकमा लेखेका छन्, ‘आगामी दिनमा एक स्वतन्त्र नागरिकको रुपमा देश र जनताको लागि सामाजिक भूमिका निर्वाह गर्नेगरी अगाडि बढ्ने छु । जनताको निरन्तर सेवामा निस्वार्थ र सकेजति भूमिकामा आफूलाई उभ्याउने छु ।’


क्याटेगोरी : समाचार
ट्याग : #महराका स्वकीय सचिव


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
26°
Fair
5:08 am7:02 pm +0545