Techie IT
आईतबार, असार ८,२०८२

धन्दावाला काठमाडौंको टोखा र बालाजु बाइपासबाट एक-एकजना पक्राउ


२५ माघ, काठमाडौं । प्रहरीले स्रोत नखुलेको ७० लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका–३ का २९ वर्षीय नवराज ढुंगाना छन् ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको विशेष टोलीले उनलाई मंगलबार बालाजु बाइपासबाट पक्राउ गरेको कार्यालयका प्रमुख एआईजी हरिबहादुर पालले बताए ।

 

उनका अनुसार ढुंगानाले हुण्डीको रकम बोकेर हिँडेको पाइएको छ । उनलाई जापान बस्ने एक युवकले रकम दिन भनेका थिए । ढुंगानामाथि थप कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, बालाजु बुझाइएको छ । बालाजुले राजश्व अनुसन्धान विभाग पठाउने छ ।

यसैगरि, प्रहरीले फरार रहेकी प्रतिवादी महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट घर भएकी हाल काठमाडौंस्थित टोखामा बस्ने ४१ वर्षीया अम्बिका बुढाथोकी रहेकी छन् ।

 

बुढाथोकीले सिद्धार्थ बैंक लिमिटेड, धनेश्वर, काठमाडौंमा रहेको आफ्नै नामको खाताबाट पर्याप्त रकम नभएको जान्दाजान्दै पनि रकम भुक्तान गर्नका लागि जाहेरवालालाई चेक दिएकी थिइन् ।

उनलाई उच्च अदालत पाटनबाट आइतबार बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा १७ लाख ४२ हजार ८७७ रुपैयाँ जरिवाना र ६ दिन कैद हुने ठहर गरेको थियो ।

अदालतको फैसलापछि केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले बुढाथोकीलाई ललितपुरको भैँसेपाटीबाट पक्राउ गरेको प्रहरी उपनिरीक्षक कमल थापाले जानकारी दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #एक-एकजना पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
25°
Mostly Cloudy
5:07 am7:03 pm +0545