Techie IT
शुक्रबार, असार ८,२०८१

सिंहदरबार प्रवेशमा कडाइ, सबै पास खारेज


गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । कोरोना भाइरसको संक्रमण बढेसँगै मन्त्रालयले  बुधबार एक सूचना जारी गर्दै सिंहदरबार प्रवेश गर्न कडाइ गरेको हो।

साथै सबै मन्त्रालय, निकाय, सचिवालय, आयोगले जारी गरेको स्थायी तथा अस्थायी पास र अस्थायी परिपत्रपत्र खारेज गरिएको पनि जनाएको छ । अब नयाँ स्थायी, अस्थायी पास तथा परिचय पत्र जारी गर्नुपरेमा आवश्यकता हेरी सम्बन्धित निकायले सिफारिस गर्ने तर गृहको पूर्वसहमति लिनुपर्ने सूचनामा उल्लेख छ।

त्यसैगरी सरसफाइसँगसम्बन्धित व्यक्तिहरुको हकमा यसअघि जारी भएको पासकै आधारमा प्रवेश दिइने र  पत्रकारहरुले सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा प्रवेश पाउने मन्त्रालयले जनाएकाे छ ।

हेर्नुहोस्  गृहको सूचना


क्याटेगोरी : समाचार
ट्याग : #सिंहदरबार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
26°
Fair
5:08 am7:02 pm +0545