नुवाकोटमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु ,५ जना गम्भीर घाइते
नुवाकोटमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना गम्भीर घाइते भएका छन् ।
नुवाकोटकै समुन्द्रटारबाट त्रिशुली जाँदै गरेको बा १ ख ६३५६ नम्बरको मिनिबस सूर्यगढी गाउँपालिका ५ फेरीखोला आज बिहान पौने १० बजे दुर्घटनामा परेको हो । दुर्घटनामा एक वृद्ध र एक महिलाको मृत्यु भएको नुवाकोट प्रहरीले बताएको छ । मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।
दुर्घटनामा गम्भीर घाइते भएका ५ जनालाई एम्बुलेन्सबाट थप उपचारका लागि काठमाडौं ल्याइँदै छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नुवाकोटमा यात्रुबाहक बस दुर्घटना






तपाईको कमेन्ट लेख्नुहोस्