नुवाकोटमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु ,५ जना गम्भीर घाइते
नुवाकोटमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना गम्भीर घाइते भएका छन् ।
नुवाकोटकै समुन्द्रटारबाट त्रिशुली जाँदै गरेको बा १ ख ६३५६ नम्बरको मिनिबस सूर्यगढी गाउँपालिका ५ फेरीखोला आज बिहान पौने १० बजे दुर्घटनामा परेको हो । दुर्घटनामा एक वृद्ध र एक महिलाको मृत्यु भएको नुवाकोट प्रहरीले बताएको छ । मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।
दुर्घटनामा गम्भीर घाइते भएका ५ जनालाई एम्बुलेन्सबाट थप उपचारका लागि काठमाडौं ल्याइँदै छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नुवाकोटमा यात्रुबाहक बस दुर्घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्