Techie IT
शुक्रबार, असार ८,२०८१

प्रहरी बृत बालाजुमा रहेका थुनुवाहरुलाई योग प्रशिक्षण


काठमाडौं । महानगरीय प्रहरी बृत बालाजुमा रहेका थुनुवाहरुलाई योग प्रशिक्षण दिइएको छ ।

शनिबार बृतमा स्वास्थ्य प्रवद्र्धनका लागि जीवनशैली परिवर्तन गराउन बन्दीलाई योग प्रशिक्षण र मनोपरामर्श मार्फत नयाँ मनोबिज्ञानका कार्यक्रम आयोजना गरिएको बालाजु प्रहरी प्रमुख गौतम मिश्र्रले बताउनु भयो ।

मिश्रका अनुसार जान अन्जानमा गरेका गल्तिको सजाय भोगिरहेका थुनुवाहरुलाई तनावमुक्त गराउन योग अभ्यास र प्रशिक्षण गराइएको हो ।

कारगारमा रहेका ५० जना थुनुवालाई योग अभ्यास र योग प्रशिक्षण प्रदान गरिएको छ ।

कार्यक्रमका मुख्य प्रसीछक ओशो तपवनका गुरु स्वामी आनन्द अरहतले मनमा नकरात्मक सोचहरु आउने, रुन मन लाग्ने, एकान्तमा बस्न मन लाग्ने, कसैसँग बोल्न मन नलाग्ने, मर्न मन लाग्ने लगायतको नकरात्मक कुराहरु मनमा खेलीराख्ने भएकाले त्यस्ता कुराहरुलाई दिमाग बाट हटाउन र सकरात्मक सोचको विकास गर्न मनोपरापर्श सँगै स्वास्थ्य परामर्श पनि प्रदान गरिएको बताउनु भयो ।


क्याटेगोरी : समाचार
ट्याग : #थुनुवाहरुलाई योग प्रशिक्षण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Partly Cloudy
5:08 am7:02 pm +0545