Techie IT
शुक्रबार, असार ८,२०८१

जन्ती बोकेको बस दुर्घटना हुँदा चालकको मृत्यु, आठ जना गम्भीर घाइते


मंसिर । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४, बिञ्जेलमा जन्ती बोकेको बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बा २ ख ५६१४ नम्बरको बस शनिबार राति दुर्घटना हुँदा चालक बलेफी–६ बदर्पाका राजु तामाङको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् ।

अन्य यात्रु सामान्य घाइते भएका छन् । घाइतेलाई उपचारका लागि सिन्धु सदावहार अस्पताल खाडीचौर र धुलिखेल अस्पताल लगिएको बताइएको छ । बसमा ३० जना सवार रहेको अनुमान गरिएको छ । घाइतेको पहिचान खुल्न बाँकी छ ।

बलेफी–५ का स्थानीय सन्तोष भुजेलको विवाहको जन्ती लिएर काभ्रेको भुम्लु जान लागेको बस राति ९ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #जन्ती बोकेको बस दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Partly Cloudy
5:08 am7:02 pm +0545