Techie IT
शुक्रबार, असार ८,२०८१

भारतमा सेना प्रमुख चढेको हेलिकप्टर दुर्घटना ,४ काे मृत्यु


मंसिर । भारतका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत सवार सेनाको हेलिकप्टर दुर्घटना भएको छ ।

भारतको तलिमनाडुको कुन्नुरको घना जंगलमा बुधबार सेनाको एमआई–१७ हेलिकप्टर दुर्घटना भएको हो । दुर्घटनापछि हेलिकप्टरमा आगलागी भएको बताइएको छ ।

हेलिकप्टरमा चिफ अफ डिफेन्स जनरल रावत, उनकी पत्नी मधुलिका समेत सेनाका १४ अफिसर सवार थिए ।

हालसम्म दुर्घटनामा ४ जनाको मृत्यु भएको बताइएको छ । बीबीसीका अनुसार तीन जना घाइतेलाई अस्पताल लगिएको बताएको छ । रावतलाई पनि गम्भीर अवस्थामा उपचार गराइरहिको जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #हेलिकप्टर दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
26°
Fair
5:08 am7:02 pm +0545