लण्डनमा होटलको अनुभवबाट स्थापित दियालो :अध्यक्ष चापागाँई
तारकेश्वर शेषमतिमा चर्चित दियालो फुडल्याण्डको शाखा विस्तार

काठमाडौं ५ मङ्सिर । काठमाडौँको चर्चित होटल दियालो फुडल्याण्ड वसुन्धाराले आफ्नो चौथो शाखा काठमाडौकै तारकेश्वर नगरपालिका शेषमति पुल नजिकै विस्तार गरेको छ ।
सभा समारोह, विभिन्न चाडपर्व र विवाह व्रतवन्धसहितका कार्यक्रम गर्न मिल्ने रेष्टुरेण्ट र क्याटरिङको समेत सुविधा उपलब्ध हुने गरी सो शाखा विस्तार गरिएको दियालो फुडल्याण्डका संस्थापक अध्यक्ष जनप्रकाश चापागाईले बताउनुभयो । सो शाखाको शनिबार पूर्व रक्षामन्त्रीसमेत रहनुभएका सांसद भीमसेनदास प्रधान र कांग्रेस नेता सुरेन्द्र पाण्डेले संयुक्त रुपमा उदघाटन गर्नुभयो ।
नुवाकोट जाने माछापोखरी वाईपासबाट करिव ६०० मिटर टाढा अवस्थित सो दियालो फुडल्याण्ड कोभिड अगाडिनै खोल्ने गरी काम अघि बढाइएकोमा महामारीले गर्दा अहिले शुरु गरिएको हो । सो दियालो फुडल्याण्डका संस्थापक अध्यक्ष चापागाइले दश वर्ष बेलायतमा काम गरेपछि यहाँ आएर दियालो र अनुपम फुडल्याण्डको नाममा उक्त समूहको होटल बिस्तार गरिरहनुभएको छ ।
पन्ध्र वर्षअघि काठमाडौँको वसुन्धरामा उहाँको नेतृत्वको समूहको पहिलो होटल दियालो फुडल्याण्ड सुरु गरेको हो । सोही नाममा वुटवलमा, भरतपुरमा र बालाजुमा पनि सञ्चालनमा रहेको छ ।
त्यसैगरी अनुपम फुडल्याण्ड काठमाडौँको बत्तीसपुतलीमा सञ्चालनमा छ । अनुपमलाई पोखरा, हेटौँडा र नुवाकोटमा शाखा बिस्तार गर्ने तयारी छ । पाँच वर्षमा २० स्थानमा शाखा खोल्ने तयारी छ ।
कानूनमा प्रमाणपत्र तह पास गरेर नौ वर्ष आठ महिनाको लण्डन बसाइँमा होटलको सेफको काम गरेर आएपछि चापागाइले काठमाडौँमा माधव पाण्डेसँग मिलेर दियालो फुडल्याण्ड सुरु गर्नुभयो । साझेदार र व्यवसाय बढ्दै गयो ।
सुरुमा दुई जनाले रु दुई करोड २० लाख लगानीबाट थालिएको यो व्यापार आजसम्म आईपुग्दा रु ५० करोड नाघेको छ । साझेदार २७ जना पुगेका छन् । मुख्य समूहमा चापागाईसहित पाँच जना छन् भने शाखामा स्थानीय साझेदार ३० प्रतिशत राख्ने गरिएको छ ।
चितवनमा यो समूहले सबैभन्दा ठूलो सभाहलसहितको दियालो फुडल्याण्ड सञ्चालनमा ल्याएको छ । उहाँको दाबी छ सबैकोभन्दा मीठो खाना हामी खुवाउन सक्छौँ ।
क्याटेगोरी : समाचार
ट्याग : #जनप्रकाश चापागाई
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्