तारकेश्वर शेषमतिमा खुल्यो सुबिधा सम्पन्न दियालो पार्टी प्यालेस

तारकेश्वर काठमाडौं । तार्केश्वोरको शेषमति पुल नजिकै दियालो फूडल्याड रेस्टुरेन्ट एण्ड बार तथा पार्टी प्यालेसको उद्घाटन सम्पन्न भएको छ ।शनिबार एक भब्य समारोह बिच सभासद तथा पुर्व रक्षामन्त्री भीमसेन दास प्रधानद्धारा उदेघाटन गरिएको हो ।
बिशेष समारोहमा बोल्दै सम्सद भीमसेन दास प्रधानले दियालो फूडल्याड शेषमतिको अपार सफलताको शुभकामान दिँदै, व्यवसायिक सफलतासँगै स्थानियलाई रोजगार र स्थानिय उत्पादनहरुलाई प्राथमिकतामा जोड दिनुभयो । दियालो केन्द्र बसुन्धरा, दियालो फूडल्याड वुटवल, दियालो फूडल्याड चितवन, दियालो फुडल्याण्ड पोखरा र आज भब्य समारोहबीच उद्घाटन गरिएको दियालो फूडल्याड शेषमतिसँगै दियालो फूडल्याड देशब्यापी रुपमा फैलियोस भन्ने शुभकामन ब्यक्त गर्नुभयो ।
समारोहमा विशेष अतिथिका रुपमा दियालो ग्रुपका अभिभावक तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डे, नाट्टा केन्द्रका अध्यक्ष अच्युत गुरागाईंले पर्यटन प्रवर्धनमा टेवा पु¥याउने आशा बोक्दै सफतलाको शुभकामना दिनु भएको थियो ।
कलाकार उत्तम केसी, नेपाली कांगेसका नेता बिष्णुभक्त तिमल्सिना, नगर सभापति कृष्णहरि महर्जन र विभिन्न राजनितिक दलका नेता तथा कार्यकर्ता, समाजसेवि अगुवाहरु, तारकेश्वर नगरपालीकाको शिक्षा साखा प्रमुख होमनाथ न्यौपानेको पनि उपस्तिथी रहेको थियो । समारोहमा लायन्सको तर्फबाट लायन उद्धवराज तिमल्सिनाले शुभकामना दिनुभएको थियो ।
दियालो शेषमतिका सचालक सरोज महर्जनको सभापतित्वमा भएको कार्यक्रममा सञ्चालकहरु गजेन्द्र केसी, दिपक कृष्ण श्रेष्ठ, निलकन्ठ राजबंशी, राम दास श्रेष्ठ, बिष्णु कार्की, निकिता तिमिल्सिना, मिलन पाण्डे र हेमराज भन्डारीको लगानी रहेको छ ।
कार्यक्रममा तारकेश्वरका वडा अध्यक्षहरु उपभोक्ता समितिहरु, समाजसेवीहरु, विद्यालय सञ्चालकहरु, सहकारीका प्रमुखहरु र विभिन्न संघ÷संस्थामा आवद्ध व्यक्तिहरु र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।
गुणस्तरीय खाना , आकर्षक सभाहल , खुल्ला स्थान , पर्याप्त पाकीङ्गको सुबिधा भएको सो पार्टी प्यालेसमा साना देखी ठुला पार्टी सम्म संचालन गर्ने सकिने बताइएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्