आगामी निर्वाचन जिताउने अभिभारा पूरा गर्न सभापतिमा लड्दैछु : खड्गी

लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील काठमाडौं क्षेत्र नम्बर ६ का सभापति श्यामकृष्ण खड्गीले सोही पदमा पुन प्रतिस्पर्धा गर्ने भएका छन् । कम्युनिष्ट लहर चलेको बेला अर्थात गएको प्रतिनिधिसभा निर्वाचनमा समेत आफ्नो क्षेत्रमा कांग्रेसका उम्मेदवारलाई विजय गराउन सफल खड्गीले पुनः क्षेत्रीय सभापतिका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।
महाधिवेशनको तालिकाअनुसार आउँदो सोमबार क्षेत्रीय समितिका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गर्दैछन् । काठमाडौं कांग्रेसमा प्रभाव राख्ने भिमसेनदास प्रधान समूहका मानिने खड्गीले क्षेत्र नम्बर ६ अन्तर्गतका टोखा र तारकेश्वर नगर समितिको अधिवेशनमा आफ्नो समूहलाई विजयी गराउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
ती दुई नगर समितिको समर्थनका कारण क्षेत्रीय अधिवेशनमा खड्गीको पल्ला भारी हुने आँकलन गरिएको छ । धेरै इकाई सभापतिहरुले रुचाएका खड्गी कांग्रेसमा सरल स्वभावका नेताका रुपमा परिचित छन् । अध्यापन पृष्ठभूमिका खड्गी बौद्धिक क्षेत्रसँग पनि निकट छन् ।
कांग्रेसको वडा तहदेखि जिल्ला तहसम्म काम गरेको अनुभव भएका खड्गीको भूमिका आम निर्वाचनमा आफैं उठ्ने भन्दा पनि कांग्रेसका उम्मेदवार जिताउनमा देखिएको थियो । यसपटकको उम्मेदवारीको सम्बन्धमा खड्गी भन्छन्, ‘तीन तहको निर्वाचन नजिकिदै छ । ती निर्वाचनमा कांग्रेस जिताउने अभिभारा पूरा गर्न एक पटक फेरि यहि पदमा लड्दैछु ।’ खड्गीले कांग्रेस नेतृत्व चयन गर्ने बेला कार्यकर्ताहरुले ‘रुख बनाउने मुख हेर्नुपर्ने’ विचार राख्ने गरेका छन् ।
पार्टीको अधिवेशनमा कार्यकर्ताले सहि नेतृत्व नछाने अधिवेशन निरर्थक चुनावी अभ्यास मात्रै हुने बीपी कोइरालाको विचार खड्गीले प्रचार समेत गर्दै आएका छन् । क्षेत्रीय समितिमा सभापतिसहित दुई उपसभापति, दुई सचिव र दुई उपसचिव पदका लागि प्रतिस्पर्धा हुनेछ ।
२५ जना महाधिवेशन प्रतिनिधि यस क्षेत्रबाट निर्वाचित हुनेछन् । भिमसेन दास प्रधान, सबुज बानियाँ, जीवन डंगोल, हरिप्रभा खड्गी, हरिहर अधिकारी, सानुभाई सापकोटालगायत कांग्रेसका चर्चित नेताहरु यहि क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा प्रतिस्पर्धा गर्दैछन् ।
क्षेत्र नम्बर छबाट प्रकाशमान सिंह समूहबाट कृष्णमान श्रेष्ठले श्यामकृष्ण खड्गीसँग प्रतिस्पर्धा गर्ने लगभग निश्चित छ । नेपाली कांग्रेसको महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुनेछ । कांग्रेस महाधिवेशन अन्तर्गत देशभर इकाई अधिवेशन सम्पन्न भइसकेको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्