चन्द्रागिरि उद्योग वाणिज्य सङ्घका अध्यक्षमा श्रेष्ठ

चन्द्रागिरि उद्योग वाणिज्य सङ्घका अध्यक्षमा कृष्णभक्त श्रेष्ठ निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न सङ्घको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले उपाध्यक्षद्वयमा सुनिल रिजाल, विष्णु शाही, महासचिवमा घनश्याम लुइँटेल, सचिवद्वयमा रमेश कार्की र गीतादेवी भुसाल, कोषाध्यक्षमा राम थापा र सहकोषाध्यक्षमा अनिलकुमार बरालसहित ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरीले अधिवेशनको शुभारम्भ गर्दै समृद्ध नगरपालिका बनाउन नगरपालिकाले उच्च प्राथमिकताका साथ काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोनाबाट व्यवसायका क्षेत्रमा परेको असरलाई माथि उठाउन नगरपालिकाले सक्दो सहयोग घोषणा गरेको छ ।
लगानीमैत्री वातावरण तयार र निजी क्षेत्रको थप प्रवद्र्धन गर्न नगरपालिकाले ध्यान दिएको छ ।” सङ्घको निवर्तमान अध्यक्ष राजेन्द्रविक्रम बानियाँले नगर क्षेत्रमा आर्थिक गतिविधि प्रवद्र्धन गर्न सङ्घ गठन भएको जानकारी दिँदै आफ्नो कार्यकालमा निजी क्षेत्रको व्यवसायलाई माथि उठाउने महत्वपूर्ण काम भएको बताउनुभयो । काठमाडौँको पहिलो नगर उद्योग सङ्घका रूपमा ‘चन्द्रागिरि उद्योग वाणिज्य सङ्घ गठन’ भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #चन्द्रागिरि उद्योग वाणिज्य सङ्घका अध्यक्षमा कृष्णभक्त श्रेष्ठ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्