रसुवा नाकाबाट माइक्रोबस आयात

नेपालको उत्तरीनाका रसुवागढीबाट विद्युतीय माइक्रोबस आयात गरिएका छन् । सहरी क्षेत्रलाई केन्द्रित गरी व्यवसायीबाट आयात गरिएका २२ वटा माइक्रोबस बुधबार साँझसम्म नेपाल भित्रिएका हुन् ।
माइक्रोबसको सिट क्षमता १२ रहेको छ । चीनबाट दिन प्रतिदिन सवारी साधन आयात भइरहेका र दसैँलगत्तै भित्रिएका माइक्रोबसको भन्सार प्रक्रिया पूरा गरी गन्तव्यतर्फ पठाइसकिएको रसुवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले जानकारी दिनुभयो । दसैँअगावै १०० विद्युतीय कार आयात भएका थिए भने पछिल्लो समय माइक्रोबस आयात हुने क्रम बढेको भन्सार कार्यालय टिमुरेले जनाएको छ । सहरी क्षेत्र केन्द्रित गरी आयात गरिएका माइक्रोबसका पाङ्ग्रा होचा भएका कारण कच्ची सडकमा गुडाइ काठमाडौँ लान निकै चुनौती रहेको सवारी चालकले प्रतिक्रिया दिएका छन् ।
रसुवागढीदेखि गल्छीसम्मका अधिकांश सडकमा बढी खाल्डाखुल्डी भएकाले साना र होचा सवारी साधन सहजरूपले लैजान बढी असहज हुने गरेको बताइन्छ । दसैँ अगाडि आयात भएका सानाखाले केही सवारी साधन भने मालधनी एवं उसका प्रतिनिधि नपुग्दा भन्सार हातामा थन्किएका छन् । विद्युतीय सवारी साधनको आयातले प्रदूषणको न्यूनीकरण एवं सहरी क्षेत्रमा वातावरणको स्वच्छता बढ्ने र पेट्रोलियम पदार्थबाट चल्ने यात्रुबाहक साधन क्रमिकरूपले हट्दै जाने बताइएको छ ।
सवारी साधनमा रहने ब्याट्री एक पटक चार्ज गरेपछि चार घण्टासम्म पुग्ने भएकाले बिना आवाज सहरी क्षेत्रको यात्रा अत्यन्तै सहज हुने जनाइएको छ । आर्थिक वर्ष २०७७/७८ को साउनदेखि हालसम्म ९०० भन्दा बढी सानाठूला सवारी साधन आयात भएको भन्सार कार्यालयले जनाएको छ । आयात भएका सवारी साधनबाट नियमानुसार भन्सार शुल्कबापत रु ६५ करोडभन्दा बढी राजस्वसमेत दाखिला भइसकेको भन्सार अधिकारीले बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #रसुवा नाका, #रसुवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरी, #रसुवागढी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्