Techie IT
आईतबार, असार ८,२०८२

काँग्रेसको महाधिवेशनको प्रक्रिया अवरुद्ध


कात्तिक । सत्तारुढ दल नेपाली काँग्रेसको महाधिवेशनको प्रक्रिया नै अवरुद्ध बनेको छ ।

काँग्रेस दुई वर्षदेखि नै महाधिवेशनको तयारीमा रहे पनि महाधिवेशनको तालिकामै रुमलिएको छ ।

६४ जिल्लामा महाधिवेशनको प्रक्रिया सुरु भए पनि सहज रुपमा अगाडि बढ्न सकेको छैन ।

त्यस्तै, सप्तरी, सिराहा, सर्लाहीलगायतका १३ जिल्लामा अझै वडा अधिवेशन हुन सकेको छैन । जसमध्ये २ जिल्लामा क्रियाशील सदस्यताको सूची समेत सार्वजनिक भएको छैन ।

काँग्रेसको १४ औँ महाधिवेशनका लागि पनि केन्द्रीय कार्यसमिति नै इच्छुक नरहेको नेता कार्यकर्ताहरुले नै बताउन थालेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #काँग्रेसको महाधिवेशन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Mostly Cloudy
5:07 am7:03 pm +0545