तारकेश्वर कांग्रेस नगर उपसभापतिमा लक्ष्मीराज भण्डारीको चर्चा
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिबेशन अन्तर्गत वडा र क्षेत्रीय प्रतिनिधिको निर्वाचन सम्पन्न भएसँगै तारकेश्वरमा अब नगर अधिवेशनको सरगर्मि सुरु भएको छ ।
अशोज ९ गतेका दिन नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकको नेतृत्व चुन्ने गरी अधिवेशनको मिति तोकिएको छ । अधिवेशनबाट नेतृत्व लिन तारकेश्वर नगरपालिकाका आकांक्षीहरूमध्ये एक जना बलियो र लोकप्रिय आकांक्षी लक्ष्मीराज भण्डारी पनि एक हुन ।
नेपाली कांग्रेस तारकेश्वर नगर उपसभापतिमा दावी गरेका भण्डारी स्थानिय स्तरमा पढेलेखेका बौदीक युवाका रुपमा लोकप्रिय छन । बिगत २० बर्षदेखी बिभिन्नि राष्ट्रिय संचारमा अम्वल पत्रकारका रुपमा स्थापित भण्डारीले पत्रकारीतामा स्नाकोतर गरेका छन ।
नेवी संघ काठमाडौ क्षेत्र नं ६ मा र्निबिरोध क्षेत्रीय सचिवमा निर्वाचित भएका भण्डारी बिगत १५ बर्षदेखी नेपाली कांग्रेसमा सक्रीय रुपमा कृयाशिल छन । बिगतका स्थानिय , प्रदेश र संघीय चुनावमा प्रभावकारी भूमीका बारे कांग्रेस बृतमा उनको चर्चा छ ।
तारकेश्वरभित्र काग्रेसलाई बलियो र सुदृढीकरण गर्ने योजनाका साथ अवको स्थानिय चुनावमा कांग्रेसलाई स्थापित गर्नु प्रमुख उद्देश्य राखेका भण्डारीले कुनै अमूख गुट वा पक्षको भन्दापनि कांग्रेसको तर्फबाट नगर उपसभापतिमा दावी गरेको बताउछन ।
वडा नं २ को इकाई अधिवेशनबाट निर्वीरोद रुपमा क्षेत्रीय प्रतिनिधि चयन भएका भण्डारी प्रेस युनियन काठमाडौ जिल्लामा पनि सक्रिय छन ।
क्याटेगोरी : समाचार
ट्याग : #लक्ष्मीराज भण्डारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्