Techie IT
सोमबार, माघ २८,२०८१

हिम रश्मिका विद्यार्थीहरूले बनाए जलविद्युत गृहः यसरी बल्यो बत्ती


 

हिम रश्मि हाई स्कुलका विद्यार्थीहरुले विद्यालयमा परियोजनाका रुपमा जलविद्युत गृहको नमूना बनाएर विजुली बत्ती बालेका छन् ।
विज्ञान विषयमा पढेका विद्युतसँग सम्बन्धित सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा सिकाउनकालागि विद्यार्थीहरूलाई यस्ता गतिविधिमा संलग्न गराउने गरिएको कुरा परियोजनाको नेतृत्व गरिरहनु भएको शिक्षक भुपेन्द्र खड्काले बताउनुभयो ।

पाठ्यक्रम विकास केन्द्र र शिक्षामन्त्रालयको सुपरिवेक्षण तथा बृटिस काउन्सिलको प्रत्यक्ष सम्लग्नतामा सञ्चालितआई.एस.ए (ISA)अवार्डको स्कुलको–अर्डिनेटरका रुपमापनि रहनु भएको उहाँलेयो परियोजना आई.एस.ए अवार्डका लागि आयोजना गरिएको बताउनुभयो ।

जलविद्युत गृहको व्यवहारिक प्रदर्शन गर्नु अघिविद्यार्थीहरूले मस्र्याङ्दी जलविद्युत आयोजनाको बाँध, पावर हाउस र कन्ट्रोलरुमको प्रत्यक्ष अवलोकन गरी ज्ञान आर्जन गरेकाथिए । यसका साथै भौतिक तथा भर्चुअल रुपमा जलविद्युत विज्ञ सँग भेटघाट गरी यस विषयमा थप ज्ञान बटुलेका थिए ।

विषय विज्ञका रुपमा ई. ओम थापा (सि.इ.ओ., राधी विद्युत कम्पनी) र ई. विमल खड्का (डेपुटी म्यानेजर तथा सिनियर ईन्जिनियर, चिलिमे ईन्जिनियरिङ)  उपस्थित भई विद्युत सँग सम्बन्धित विविध पक्षहरूको जानकारी दिनु भएको थियो ।

सिकेका कुराहरूलाई विद्यार्थीहरूले पेपर तथा पावर प्रिजेन्टेसन पनि गरेका थिए भने भर्चुअल रुपमा भारतको आर.एम.के.माध्यामिक विद्यालयका विद्यार्थीहरू सँग आफ्ना कार्य र अनुभवहरूको आदानप्रदान पनि गरेका थिए ।
जलविद्युत गृह निर्माणका लागि आबश्यक  डाइनामो, टर्वाइन, पाइप, तारहरू, एल इ डि बल्ब आदि विद्यालयले  उपलब्ध गराएको  थियो ।  त्यसरी उपलब्ध सामाग्रीहरू लाई प्लाइउड र फेब्रिक बाट बनाइएको नमूनापावर हाउसमा जडान गर्ने कामविद्यार्थीहरूले गरेका थिए ।

विद्यार्थीहरूले फेब्रिकबाट बनाइएको  ड्याममा पानी जम्मा गरेर पाइप मार्फत टर्बाइनमा पानी खसाली डाइनामो मार्फत विद्युत उत्पादन गर्न सफलभएका हुन् ।

त्यो विद्युतबाट उनीहरूले शिक्षकर साथीहरू माझ बत्ती बालेर देखाएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #हिमरश्मि विद्यार्थीहरूले बनाए जलविद्युत गृ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
14°
Fair
6:43 am5:52 pm +0545