Techie IT
आईतबार, चैत्र ९,२०८१

मोटरसाइकल चोरहरुको जालो तोड्दै (एसपी) अधिकारी : समातिए दुइ चोर


चितवन । चितवनमा चोरीको मोटरसाइकल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोटरसाइकल चोरीमा संलग्न प्रख्यात नाइँके रोहित श्रेष्ठ सहित चोरीमा संलग्न २ जनालाई चितवन प्रहरीले पक्राउ गरी आज (शुक्रबार) सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीका अनुसार भरतपुर महानगरपालिका वडा नंम्बर २१ पार्वतीपुर बस्ने रोहित श्रेष्ठले चोरीको मोटरसाईकल आफ्नो घर नजिकै रहेको बल बहादुर श्रेष्ठको घर पछाडी टहरोमा लुकाईछिपाई राखिएको छ भन्ने सुचनाको आधारमा खटिएको प्रहरीको टोलीले रोहित श्रेष्ठ र उनको वर्कशपमा काम गर्ने बारा कलैया ६ बस्ने २५ बर्षीया कृष्ण साहलाई पक्राउ गरेका छौँ ।

(एसपी) अधिकारीले भने, हामीलाई सूचना प्राप्त भएलगत्तै हाम्रो प्रहरीको टोली गएर बुलेट मोटरसाइकल दुइ थान, पल्सर २२० सि.सि.को मोटरसाइकल दुइ थान, एन.एस बाइक एक थान सहित ना २८ प २६५४ र ना २२ प ६०६६ (नम्बर प्लेटमा लेमिनेशन गरि वास्तिवक भन्दा फरक नम्बरहरु लेखिएको) मोटरसाईकलको भाइजर दुई थान लगायत मोटरसाइकल चोरी तथा खोल्न प्रयोग गरिने बिभिन्न सामाग्रीहरू समेत बरामद गरेका छौँ ।

मोटरसाइकलका विभिन्न सामाग्रीहरु सहित पक्राउ परेका दुबै उपर सम्मानित चितवन जिल्ला अदालत बाट म्याद अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको चितवन प्रहरीले जनाएको छ ।

यस अघि चितवन प्रहरीले मोटरसाइकल चोरीमा संलग्न रोहित श्रेष्ठ सहित चार जनालाई ०७६ असार १३ मा २६ वटा चोरीको मोटरसाइकल र ५३ थान बिलबुक सहित पक्राउ गरेको थियो । तर, पक्राउ परेको १० दिनमै सार्वजनिक मुद्दा चलाए पछि उनी १० हजार धरौटीमा छुटेका थिए ।

त्यस समयमा श्रेष्ठलाई जिल्ला अदालत कास्कीबाट समेत पक्राउ पुर्जी जारी भएको थियो । श्रेष्ठको गिरोहले नक्कली बिलबुक र लाइन्सेन्स समेत बनाउने गरेको अनुसन्धानका क्रममा खुलेको थियो । चितवनमा अहिले दैनिकजसो ३ देखि ५ वटासम्म मोटरसाइकलहरु चोरी हुने गरेको प्रहरीको तथ्यांक छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:02 am6:17 pm +0545