Techie IT
सोमबार, असार ११,२०८१

रामेछापमा दुई बालिकाको शव फेला


रामेछाप, १७ भदौ । रामेछापको खाँडादेवी गाउँपालिका र मन्थली नगरपालिको सीमा भएर बहने भटौली खोला र थाक्ले खोलामा दुई बालिकको शव फेला परेको छ ।

बुधबार घरमा आमा बुबालाई जानकारी नै नदिइ घरबाट हिडेका तीन जनामध्ये दुई जना बालिकाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापले ज्यान जानेमा खाँडादेवी गाउँपालिका–५ पकरवास स्थित तारामणि बस्ने सानु तामाङको ९ वर्षीया छोरी अनिशा तामाङ, सोही वडाका टारबारी बस्ने गोपाल सार्कीको १२ वर्षीया छोरी मनिता सार्की रहेका छन् ।

तामाङको शव भटौली पुल नजिकै र तामाङको थाक्ले खोलामा बुधबार साँझ शव भेटिएको प्रहरीले जनाएको छ ।

मन्थली नगरपालिका–७ भटौली स्थित मुगिटारको भटोली र थाक्नले खोलामा दुई बालिकाको शव फेला परेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #बालिकाको शव फेला


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
26°
Partly Cloudy
5:09 am7:03 pm +0545