ललितपुर ट्राफिकको चेकजाँचमा कडाइ : ६ हजार ३५४ सवारी कार्वाहीमा पर्दा ४० लाख ७९ हजार रुपैयाँ राजर्श्व संकलन गर्न सफल
ललितपुर । महानगरीय ट्राफिक प्रहरी कार्यालय ललितपुरले सवारी नियम उल्लंघन गर्नेहरूमाथि कार्वाही तीब्र पारेको छ । कार्यालयले थालेको नियमित सवारी चेकजाँचका क्रममा सातदोबाटो एरियाबाट मात्रै ३ महिनाको अवधिमा सवारी नियम उल्लंघन गरेको आरोपमा ६ हजार ३५४ सवारीसाधनलाइ कार्वाही गरेको हो । उक्त कार्वाहीबाट महाशाखाले ४० लाख ७९ हजार रुपैयाँ राजर्श्व समेत संकलन गर्न सफल भएको जनाएको छ ।
यस्तै, नियम उल्लंघन गरी सवारी चलाउने ३ हजार ५५० सवारीलाइ समेत होल्डिङ गरेर राखिएको कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक नरेश बहादुर शाहीका अनुसार ट्राफिक प्रहरीले गरेको चेकजाँचका क्रममा अनुमती लगायत अन्य कागजपत्र नभएका, समयमै कर नतिरेका तथा लेन अनुशासन मिचिएका जस्ता सवारी कार्वाहीमा परेका छन् । त्यस्तै, शंकास्पद अवस्थामा रहेका केही मोटरसाइकललाई समेत नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको निरीक्षक शाहीले जानकारी दिए ।
त्यस्तै, उनलेे कोरोना महामारीको बाबजुद पनि प्रहरीले सबै संयन्त्रको प्रयोग गरी सुरक्षा मापदण्ड समेतलाई पालना गर्दै गरिएको सवारी चेकजाँच अभियानलाइ थप सक्रियताका साथ निरन्तरता दिने बताए । ललितपुर ट्राफिकले पछिल्लो समय विहान र साँझको समयमा चेकचाँजलाई कडाइ गर्दै आएको छ ।
“नो पार्किङ” मा रहेका सवारी उठाउन अप्रेसन
सडक नै कुरुप तथा अव्यवस्थित हुने गरी जथाभावी रूपमा पार्किङ गर्ने सवारीसाधनलाई उठाउन महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुरले अप्रेसन गर्दै कार्वाही अभियान सुरु गरेको छ ।
अव्यवस्थित रूपमा गरिएको सवारी पार्किङका कारण यात्रु तथा सर्वसाधारणले दु:ख पाउनुको साथै, सडक व्यवस्थापनमा कमी आइरहेको र नागरिकलाइ समेत सास्ती भइरहेको भन्दै प्रहरीले जथाभावी पार्किङ गर्ने सवारीसाधनलाइ उठाउन अप्रेसन नाम दिई कार्वाही प्रक्रियालाइ अगाडी बढाइएको ट्राफिक प्रहरीका प्रमुख शाहीले जानकारी दिए ।
ललितपुरको लगनखेलदेखि कुमारीपाटीसम्म जथाभावी पार्किङ गर्ने करिब तीनसय सवारी साधनका चालकलाई कारवाही गरिएको शाहीले बताए ।
बढी भाडा बुझाउने सवारी निगरानीमा
यता, सरकारले तोकेको भन्दा बढी भाडा असुल्ने गाडी चालकमाथि ललितपुर ट्राफिक प्रहरी आक्रमक बनेको छ । कार्यालयका प्रहरी प्रमुख प्रहरी निरीक्षक नरेश बहादुर शाहीका अनुसार सरकारले तोकेको भन्दा बढी भाडा असुल्ने चालक लाइ पहिलो पटक सम्झाइ बु्झाइ गर्ने र दोस्रोपटक देखी अटेर गरेको खण्डमा “अन द स्पोर्ट्” कार्वाही गर्ने जनाएको हो ।
खाल्डाखुल्डी पुर्ने देखी सडक बत्तीसम्म
महानगरीय ट्राफिक प्रहरी परिसरका प्रमुखको जिम्मेवारी सम्हालेका नरेश शाहीले हाजिर भएदेखि ट्राफिक नियममा सुधारका लागी आफैं फिल्डमा खटेका छन् । शाहीले पछिल्लो समय ग्वार्को, सातदोबाटो, चापागाउँ दोबाटो र महालक्ष्मीस्थानमा सडक वत्ती समेत राखिसकेका छन् । सानेपादेखि बालकुमारीसम्म दुवै साइडमा सर्भिस लेनमा निर्माण सामग्री बोकेका सवारी साधन (टिप्पर, मिनिट्रक र अन्य सबै निर्माण सामग्री बोकेका) असार १७ गतेदखि शुरुवात गरेको उनी बताउँछन् ।
सडक बत्ती राखिसकेपछि ‘ ८० प्रतिशत दुर्घटनामा कमी आएको छ ।’ फाष्टट्रयाक सडक समेत दुर्घटना नभएको, निर्माण सामग्री बोकेका साधन नहिंडेपछि सफा भएको शाहीले बताए । यसअघि उनलेे सडक जोखिम रहेका क्षेत्रमा खाल्डाखुल्डी पुर्ने काम गरेका थिए । सडकमै सवारीसाधनका चालक तथा यात्रुलाई ट्राफिक नियम तथा अन्य जानकारीमुलक गतिविधि बारे प्रशिक्षण समेत दिने गरेको उनलेे बताए ।
टिप्पर, मिनी ट्रक आदिलाई माटो तथा बालुवा सहयोग मागेर ट्राफिक प्रहरीले जोखिम रहेका खाल्डाखुल्डी पुरेको बताउदै प्रहरी निरीक्षक शाही भन्छन् : सडक मर्मतसम्भार गर्ने काम सडक विभाग तथा महानगरपालिका, नगरपालिका तथा स्थानीय सरकारको भए पनि बिग्रे भत्केको ठाउँमा सम्बन्धित पक्षको ध्यान नपुगेपछि नागरिकको सुरक्षाका खातिर हामीले खाल्डाखुल्डी पुर्ने काम गरेका हौं ।
उनलेे भने, समयमै बिग्रेको सडक मर्मत नहुँदा यात्रु तथा सवारीसाधनमा दुर्घटनाको जोखिम उच्च थियोे । खाल्डाखुल्डी पुरेपछि भने सवारी दुर्घटनामा कमि आएको ट्राफिक प्रहरीको बुझाइ छ ।
यस्तै, ट्राफिक प्रहरीले सडक सुरक्षाका लागि भन्दै सवारीसाधनका चालक तथा यात्रुलाई जनचेतनामूलक कार्यक्रमबारे जानकारी गराएको छ । इमाडोल कृष्ण मन्दिर अगाडि ट्राफिक प्रहरीले स्वास्थ्य मापदण्ड पालना, ट्राफिक नियमको बारे जानकारी, भाडादरको बारे जानकारी, तथा सडक सुरक्षा बारे जनचेतनामूलक कार्यक्रम गरेको हो ।
ट्राफिक प्रहरीले सडकमै सवारीसाधनका चालक तथा यात्रुलाई ट्राफिक नियम तथा अन्य जानकारी मुलक गतिविधि बारे प्रशिक्षण दिदै आएको ट्राफिक प्रहरीले जनाएको छ । यस्तै, सडकमै छाडिएका गाई तथा अन्य पशु चौंपायहरुको कारणले सवारी दुर्घटना नहोस् भन्ने उद्देश्यले गलामा टल्कने स्टिकर पनि झुन्डाइएको छ । त्यसले गर्दा सवारी दुर्घटनामा समेत कमी आएको ट्राफिकका प्रहरी निरीक्षक शाहीले दाबी गरेका छन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ५तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्