Techie IT
आईतबार, माघ ६,२०८१

खैरो हिरोइन सहित चार जना पक्राउ


चितवन । चितवन प्रहरीले प्रतिबन्धित लागूऔषध खैरो हिरोइन सहित ४ जनालाइ पक्राउ गरेको छ ।

पुर्वी चितवनको खैरहनी नगरपालिका वर्डा नम्बर ७ स्थित सुर्तनामा हरिशरण चौधरीको माछापोखरीमा रहेको निर्माणाधीन टहरोमा केही व्यक्तिहरुले लागूऔषध सेवन तथा बिक्रि बितरण गर्दै गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले खैरहनी नगरपालिका वडा नंम्बर ७ सुर्तनी वस्ने ३१ बर्षिया भरत भन्ने खेमराज न्यौपाने, खैरहनी नगरलालिका वडा नंम्बर ६ पर्सा बस्ने २९ बर्षिया मुकेश चौधरी, भरतपुर महानगरपालिका वडा नंम्बर २ क्षेत्रपुर बस्ने ३४ बर्षिया सोनु भन्ने गौरव पाण्डे र सोही ठाउँ बस्ने ३६ बर्षिया दिपक पाण्डेलाइ पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको शरीर खानतलासी गर्दा प्रहरीले लागूऔषध खैरो हेरोईन ३ ग्राम ७३० मिलिग्राम र नगद तीसहजार रुपैयाँ बरामद गरेको थियो । पक्राउ परेकाहरु उपर लागू औषध कसुरमा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पछिल्लो समय चितवन प्रहरी लागूऔषध ओसारपसार गर्ने तथा सेवन गर्नेहरू विरुद्ध आक्रमक बन्दै आएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
12°
Mist
6:53 am5:35 pm +0545