Techie IT
बिहीबार, माघ १०,२०८१

माधवपक्षलाई ठाउँ खाली राखेर एमालेले गठन गर्‍यो ९ वटा विभाग


काठमाडौँ । नेकपा एमालेले ९ वटा विभाग गठन गरेको छ । सोमबार बसेको स्थायी कमिटी बैठकले केन्द्रीय निकाय र विभागहरु बनाएर सदस्यहरूलाई मनोनयन पनि गरेको छ। एमालेले माधव पक्षलाई ठाउँ खाली राख्दै विभागहरुमा मनोनयन गरेको हो।

ज्ञवालीका अनुसार असोज ३ गते देशभरका ६ हजार ७४३ वटा वडामा एकै पटक अधिवेशन गर्ने पनि जानकारी दिए । गठन गरिएका विभागहरुमा २५ सदस्य हुने गरे पनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पनि ठाउँ राखेर मनोनयन गरिएको नेता ज्ञवालीले बताउनुभयो ।

स्थायी कमिटी बैठकको निर्णयानुसार गठित विभागमध्ये स्कूल विभागको प्रमुखमा अध्यक्ष केपी शर्मा ओली रहनुहुने भएको छ । स्कूल विभागमा ११ जना सदस्य चयन गरिएको छ।

यस्तै, उपमहासचिव विष्णु पौडेललाई संगठन विभागको प्रमुखको जिम्मेवारी दिइएको छ। संगठन विभागमा १४ सदस्य रहने जनाइएको छ । संसदीय विभागको प्रमुख सुवासचन्द्र नेम्वाङलाई दिइएको छ भने संसदीय विभागमा १४ जना सदस्य चयन गरिएको जनाइएको छ । आर्थिक विभाग प्रमुखको जिम्मेवारी विष्णु रिमाललाई दिइएको छ । आर्थिक विभागमा हाललाई २ सदस्य चयन गरिएको छ ।

१५ सदस्यीय प्रचार विभागको प्रमुख प्रदीप ज्ञवाली, १४ सदस्यीय पर्यटन प्रवर्द्धन विभागको प्रमुख भानुभक्त ढकाल, १४ सदस्यीय विदेश विभागको प्रमुख राजन भट्टराई, ६ सदस्यीय निर्वाचन विभागको प्रमुख अग्नि खरेल र १४ सदस्यीय स्थानीय तह विभागको प्रमुख देवेन्द्र दाहाललाई बनाइएको छ ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बाँकी विभाग पछि गठन गरिने बताउनुभयो । गठन गरिएका विभागमा पनि सदस्य थप्दै जाने उनको भनाइ छ । एमालेको नियमावलीमा २५ सदस्यीय विभाग बनाउन सकिने व्यवस्था छ ।


क्याटेगोरी : समाचार
ट्याग : #एमालेले ९ वटा विभाग गठन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Fair
6:52 am5:39 pm +0545