प्रतिबन्धित लागूऔषध सहित भरतपुरबाट एक जना पक्राउ
चितवन । चितवन प्रहरीले प्रतिबन्धित लागूऔषध सहित एक जना महिलालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका ११ बस्ने ४५ बर्षिया सानु तामाङ रहेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीका अनुसार पक्राउ परेकी तामाङले आफ्नै घरभित्र अवैध तरिकाले लागूऔषधको खरिद तथा बिक्रि बितरण गरीरहेको भन्ने विशेष सुचनाको आधारमा खटिएको प्रहरीको टोलीले शुक्रबार दिउँसो ३ बजे उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकी तामाङको घरमा प्रहरीले कानुन बमोजिम खानतलासी तथा चेकजाँच गर्ने क्रममा उनलेे लगाएको सुरुवालको बाँया खल्तीमा लुकाईछिपाइ राखिएको अवस्थामा प्रतिबन्धित लागूऔषध डाईजेपाम ९ एम्पुल, फेनरागन ९ एम्पुलसहित ब्युप्रिनर्फिन ९ एम्पुल तथा काठको दराजभित्र कालो रङको सेतो सोल भएको जुत्ता भित्र लुकाइ छिपाइ राखिएको अवस्थामा सोही बराबरको प्रतिबन्धित लागूऔषधसहित जम्मा १८ एम्पुल डाईजेपाम, १८ एम्पुल ब्युप्रिनर्फिन, १८ एम्पुल फेनरागनसहित उनलाई पक्राउ गरिएको चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले बताए ।
पक्राउ परेकी तामाङ उपर लागूऔषध ऐन अन्तगर्तको मुद्दामा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाईएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ३तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ४यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८महानगरमा भाँडभैलो मच्चाएर बालेन बिदामा- प्रशासकीयलाई प्रवेश निषेध, निमित्तले जागिर नै छाडे
तपाईको कमेन्ट लेख्नुहोस्