२४ घण्टामा थप २ हजार ५६८ जनामा कोरोना भाइरसको संक्रमण
साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बितेको २४ घण्टामा देशभर ८ हजार ४०२ जनाको आरटी–पीसीआर गर्दा १९८१ जना र ४ हजार २३४ जनाको एन्टिजेन परीक्षण गर्दा ५८७ जना गरी आज २ हजार ५६८ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ९७ हजार ३७० जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १८ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ८७५ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २० जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५६ हजार १९७ जना पुगेको छ । यो कुल संक्रमितको ९४.१ प्रतिशत हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार २९८ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ३६ लाख ११ हजार ६७ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ३१ हजार २९८ जना आइसोलेसन र ३७५ जना क्वारेन्टिनमा छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #रोना भाइरस
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ५तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्