साना सञ्चारमाध्यमको उचित सम्बोधनको माग गर्दै ज्ञापनपत्र
प्रेस काउन्सिल नेपालमा नेपाल पत्रकार महासङ्घ काठमाडौँ, भक्तपुर र ललितपुर शाखाले पत्रपत्रिका वर्गीकरणको पुनरावलोकनमा साना सञ्चारमाध्यमको उचित सम्बोधनको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
काठमाडाँै शाखाका अध्यक्ष सन्तराम विडारीको नेतृत्वमा गएको महासङ्घको टोलीले आज काउन्सिलका सदस्य गोपाल बुढाथोकीलाई ज्ञापनपत्रमा बुझाउँदै उचित पुनरावलोकनको माग गर्नुभएको हो । ज्ञापनपत्रमा साना सञ्चारमाध्यम र थोरै जनशक्ति हुनुको बाध्यताले सञ्चारमाध्यममा प्रकाशन भएका केही सामग्रीमा देखिएको स–सानो त्रुटिलाई आधार बनाएर केहीलाई ‘हुबहु’ र केहीको ग्रेड घटुवा गरिएकामा समयसीमाभित्र निवेदन प्राप्त भएका सञ्चारमाध्यमको उचित पुनरावलोकन हुनुपर्ने माग गर्नुभएको छ ।

काउन्सिलद्वारा हालै सार्वजनिक गरिएको आर्थिक वर्ष २०७२÷७३ र २०७३÷७४ को पत्रपत्रिका वर्गीकरणको नतिजा प्रकाशनपछि नेपाल पत्रकार महासङ्घको मेरुदण्डका रुपमा रहेको मुलुकको सबैभन्दा ठूला शाखाहरु क्रमशः काठमाडौँ, ललितपुर र भक्तपुरमा धेरै गुनासा रहेको उल्लेख गर्दै ती गुनासोलाई सम्बोधन गर्नुपर्ने ज्ञापनपत्रमा भनिएको छ ।
पछिल्लो समय व्यावसायिक मिडियाको बढोत्तरी भए पनि विगत लामो समयदेखि साना लगानीका सञ्चारमाध्यम र साप्ताहिक पत्रिकाले लोकतन्त्र, गणतन्त्र, प्रेस स्वतन्त्रता र सामाजिक परिवर्तनका पक्षमा पु¥याएको योगदान कदापि भुल्न नसकिने बताइएको छ । विडारीसहित महासङ्घका भक्तपुर शाखा अध्यक्ष पुष्कर बुढाथोकी र ललितपुर शाखाका अध्यक्ष ज्ञानप्रसाद पौडेलसमेत जानुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #साना सञ्चारमाध्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्