पछिल्लो २४ घण्टामा आठ हजार ४१८ नयाँ कोरोनाका सङक्रमित, ५३ जनाको निधन
पछिल्लो २४ घण्टामा कूल आठ हजार ४१८ जना कोरोनाका नयाँ सङ्क्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ३०४ नमूना परीक्षण गरिएकामा उक्त संख्यामा सङ्क्रमित फेला परेका हुन् । पछिल्लो २४ घण्टामा कोरोनाका कारण ५३ जनाको ज्यान गएको छ ।
यस्तै, तीन हजार ३७० जना निको भएका छन् । मन्त्रालयका अनुसार कूल तीन हजार ६३२ जनाको हालसम्म मृत्यु भएको छ ।
हालसम्म कूल २६ लाख १५ हजार ७२० जनाको परी क्षण गरिएको छ । कूल तीन लाख ८५ हजार ८९० जना कोरोना पोजेटिभ देखिएको छ । तीमध्ये आइसोलेशनमा पुष्टि भएका केसको संख्या ८३ हजार ४९३ रहेको छ ।
मन्त्रालयका अनुसार हालसम्म दुई लाख ९८ हजार ७६५ जना निको भएका छन् । मन्त्रालयका अनुसार काठमाडौँमा दुई हजार २७० जना नयाँ सङ्क्रमित थपिएका छन् ।
यस्तै भक्तपुरमा ३८१ जना र ललितपुरमा ४६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा सक्रिय सङ्क्रमितको संख्या २६ हजार ४२६ छन् । निको भएकाको संख्या एक लाख १४ हजार ५८०, मृत्यु भएकाको सङ्ख्या ८२० रहेको छ । भक्तपुरमा तीन हजार ५४० जना सक्रिय सङ्क्रमित छन् भने निको भएकाको सङख्या नौ हजार ९१४ छन् भने १७२ जनाको ज्यान गएको छ ।
ललितपुरमा हाल सक्रिय सङक्रमितको सङ्ख्या पाँच हजार ७१२ रहेका छन् भने निको भएकाको सङ्ख्या १७ हजार ८१३ छन् । यस्तै कोरोनाका कारण २३३ जनाको ज्यान गएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोरोनाका सङक्रमित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्