दोलखास्थित भीमेश्वर मन्दिरमा पसिना
दोलखा, २५ वैशाख । दोलखास्थित प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा आज शनिबार पसिना आएको छ ।
मध्याह्न १२ः१५ बजेदेखि १ः३० बजेसम्म शिलामा पसिना आएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिएका छन् । भीमेश्वरलाई पसिना आउँदा देशमा अनिष्ठ वा शुभ हुन्छ भन्ने दुईथरी धार्मिक मान्यता रहेको विश्वास गरिन्छ । शिलाको टुप्पामा पानीको थोपा देखिँदै बग्नुलाई भीमेश्वलाई पसिना आएको भन्ने गरिन्छ ।
अध्यक्ष श्रेष्ठका अनुसार आज शिलाको दायाँतिरबाट पसिना आएको हो । शिलाको दायाँबाट पसिना आउँदा राजपरिवार वा शासकवर्गमा अनिष्ठ हुने र बायाँबाट पसिना आउँदा जनतामा अनिष्ठ हुने विश्वास रही आएको छ ।
‘तीन दिन अघिदेखि नै पसिना आउने लक्षण देखिएको थियो’
मन्दिरका पुजारी काशीनाथ श्रेष्ठका अनुसार शिलामा पसिना आउने सङ्केत करिब तीन दिन अघिदेखि नै देखा परेको थियो । उनका अनुसार पसिना आउनुअघि शिलाको रङ नै परिवर्तन हुने गरेको छ । जसअनुसार पसिना आउने बेलामा शिलाको रङ कालो हुने उनी बताउँछन् ।
‘म ठिक १२ बजे हुने पूजाका लागि तयारी गर्दै थिएँ । मन्दिरका गहनाहरू तथा अन्य सामानहरू मिलाएर भित्र गएँ । सरसफाइ गरेँ र पूजा गरेँ,’ पुजारी श्रेष्ठले भने, ‘पूजाकै क्रममा धुपबत्ती गर्दै थिएँ । दायाँतिरको शीरमा एक थोपा ‘पसिना’ देखेँ । तर, पसिना नै हो भन्नेमा म स्पष्ट हुन सकिनँ । केहीबेर हेरिरहेँ ।’
हेर्दाहेर्दै केही बेरपछि ह्वार्रर पसिना आएको उनले बताए । पसिना आएपछि उनले अरु पुजारीलाई खबर गरे । उनीहरूले पनि हेरे र पसिना नै भएको टुङ्गोमा पुगेपछि प्रमुख जिल्ला अधिकारी र अन्य अधिकारीहरूलाई खबर गरेको उनले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भीमेश्वर मन्दिरमा पसिना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्