Techie IT
शनिबार, फागुन ३०,२०८२

टोखाका उपमेयर ज्ञानमायाको प्रशंसनीय काम : आफू चढ्ने गाडी अब बिरामीहरुका सेवाको लागी


काठमाडौं । टोखा नगरपालिकाका उप प्रमुख ज्ञानमाया डंगोलले आफूले चढ्दै आएका गाडी कोरोना संक्रमित बिरामीका लागि दिनुभएको छ।

नगरपालिका भित्र संक्रिमतको संख्या दिनप्रतिदिन बढ्दै जाँदा एम्बुलेन्स मात्रा पर्याप्त नभएपछि नगर प्रमुख र उपप्रमुखले चढ्दै आएको गाडी बिरामीको सेवाका लागि प्रयोगमा लगाइएको हो ।

सो गाडीले ननकोभीडका बिरामी बोक्ने उपमेयर ज्ञानमाया डंगोलले साझापाना अनलाइनलाइ बताउनु भयो ।

अव यो गाडीले निषेधज्ञाभर गम्भीरप्रकारका बिरामीहरुलाई प्रयोग हुने उहाँको भनाई छ ।

‘कोरोना महामारी र विपद्को समयमा जनताको सेवा गर्नु जनप्रतिनिधिको मुख्य धर्म हो, म आफू गाडी प्रयोग नगरी बिरामीको सेवाका लागि आजैदेखि दिन्छु’, उनले भनिन्।

 

आजै मात्रै सो गाडीले स्थानिय प्यारालाइसिस बिरामीलाई किमोथेरापी गर्ने भक्तmपुर अस्पताल लगिएको छ ।

 

 

 

 

 


क्याटेगोरी : समाचार
ट्याग : #टोखाका उपमेयर ज्ञानमाया


तपाईको कमेन्ट लेख्नुहोस्