आइसोलेसन निर्माण गर्दै पत्रकार महासंघ
काठमाडौं।नेपाल पत्रकार महासंघले कोरोना संक्रमित पत्रकारका लागि अक्सिजन सहितको आइसोलेशन केन्द्र निर्माण गरेको छ।
महासंघले केन्द्रीय कार्यालयमा अक्सिजनसहितको १० बेडको आइसोलेसन केन्द्र निर्माण गरेको हो।जसमध्ये ५ बेडको आइसोलेसन तयार भएसकेको र बाँकी थप ५ बेडको आइसोलेसन तयार हुँदै गरेको बताएको छ।महासंघले कोरोना संक्रमित पत्रकार तथा सञ्चारकर्मीको उद्दार तथा उपचारमा सक्रिय भएर लाग्न देशभरका सबै प्रदेश र शाखाहरुलाई अनुरोधसमेत गरेको छ।
संक्रमित पत्रकारका लागि अहिलेसम्म महासंघको रोल्पा, दाङ, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पर्वत र बाग्लुङशाखाले अक्सिजनसहितको आइसोलेसन सेन्टरको व्यवस्था गरिसकेको छ।
नेपालमा हालसम्म देशभर ६५० पत्रकार कोरोना संक्रमित भएकोमा २५० जना सक्रिय संक्रमित रहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : ##आइसोलेशन केन्द्र निर्माण, #breaking, #नेपाल पत्रकार महासंघ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्