नुवाकोटमा पछिल्लो चौविस घण्टामा ९४ जनामा कोरोना
नुवाकोट, २२ बैशाख । नुवाकोटमा पछिल्लो चौविस घण्टाको अवधिमा ९४ जना व्यक्तिमा कोरोनाको सक्रमण देखिएको छ ।त्रिशूली अस्पतालमा जाच गराउन गएका बिरामी मध्ये शंकास्पद १२ जना बिरामीको गरिएको एण्टिजेन परीक्षणमा थप ३ जनामा कोरोनाको सक्रमण पुष्टिभएसगैँ नुवाकोटमा एकैदिन कोरोनाको सक्रमितको सङ्ख्या ९४ पुगेको हो ।
अस्पतालले जिल्लाको विभिन्न स्थानमा गरेको परिक्षणमा जिल्लामा अहिलेसम्म कै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका हुन् । अस्पतालले अस्पताल परिसरमा ८० जनाको पिसिआर परिक्षण गर्दा ६९ जनामा कोरोना संक्रमण देखिएको छ भने तादी गाउँपालिकामा २२ जनाको पिसिआर परिक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ । यस्तै दुप्चेश्वर गाउँपालिकामा ११ जनाको पिसिआर परिक्षण गर्दा १० जनामा कोरोना संक्रमण भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नुवाकोट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्