थप सात हजार भन्दा बढीमा कोरोना , ४७७ आइसियुमा
देशभर गरिएको परीक्षणबाट हालसम्मकै उच्च सात हजारभन्दा बढी कोभिड–१९ सङ्क्रमित् फेला परेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले सात हजार २११ मा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार १६ हजार १४७ पिसिआरमा सात हजार १३७ र ६२३ एन्टिजेन परीक्षणमा ७४ मा सङ्क्रमण देखिएको हो । यससँगै नेपालमा तीन लाख ३६ हजार ३० जना सङ्क्रमित भएका छन् ।
आज देखिएका सङ्क्रमितमध्ये सबभन्दा बढी ३० देखि ३९ वर्ष उमेर समूहका एक हजार ८०९ र २० देखि २९ वर्ष उमेर समूहका एक हजार ७६७ रहेका छन् । त्यस्तै ९ वर्ष उमेर समूहका बालबालिका १६६, १० देखि १९ वर्ष उमेर समूहका ४५७ रहेका छन् । सङ्क्रमित निको भई एक हजार ६१२ जना घर फर्किएका छन् । अहिलेसम्म दुई लाख ८३ हजार ९९४ जना निको भएर घर फर्किएका छन् ।
नेपालमा निको हुने दर ८४।५ प्रतिशत रहेको छ । सङ्क्रमणबाट आज २७ जनाको निधन भएको छ । नेपालमा अहिलेसम्म तीन हजार ३२५ जना सङ्क्रमणबाट निधन भएका छन् । डा गौतमका अनुसार आज काठमाडौँ उपत्यकामा तीन हजार ५९५ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा दुई हजार ७४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ सङ्क्रमित भएका छन् ।
पाँच सयभन्दा बढी सङ्क्रमण भएका जिल्ला १२ पुगेका छन् । प्रवक्ताका अनुसार तिनमा मोरङ, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, कास्की, दाङ, बाँके, रुपन्देही, सुर्खेत र कैलाली छन् ।
आइसियुमा ४७७ र भेन्टिलेरमा १३१
सङ्क्रमितमध्ये ४७७ सघन उपचार कक्ष ९आइसियु० र १३१ भेन्टिलेटरमा उपचार गराइरहेका छन् । प्रदेश नंं १ मा ५४, प्रदेश नं २ मा २४, वाग्मती प्रदेशमा २५४, गण्डकी पाँच, लुम्बिनी ७७, कर्णाली ३३ र सूदुरपश्चिम ३० आइसियुमा छन् । यस्तै प्रदेश नंं १ मा १४, प्रदेश नं २ मा २, वाग्मती प्रदेशमा ७७, गण्डकी एक, लुम्बिनी २१, कर्णाली सात र सुदूरपश्चिममा नौ भेन्टिलेटर छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोरोना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्