Techie IT
शनिबार, फागुन ३०,२०८२

नेपाल र डोमिनिकाबीच कूटनीतिक सम्बन्ध स्थापना


काठमाडौं । नेपाल र क्यारेबियन मुलुक डोमिनिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको १६९ देशसँग कूटनीतिक सम्बन्ध विस्तार भएको छ ।

शुक्रबार संयुक्त राष्ट्रसंघका नेपाली राजदूत अमृत बहादुर राई र डोमिनिकाका न्यूयोर्कस्थित स्थायी मिसनका लागि राजदूत लोरेन रुथ बनानिसले दुई देशको कूटनीतिक सम्बन्ध स्थापनाबारेको  संयुक्त दस्तावेजमा हस्ताक्षर गरेका हुन्।

यस अवसरमा दुवै राजदूतले पारस्परिक लाभका खातिर आपसी सम्बन्ध अझ विस्तार गर्ने सम्बन्धमा विचारविमर्श गरेको राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगले जनाएको छ ।

हस्ताक्षरपश्चात दुवै देशका राजदूतले संयुक्तपत्रमार्फत राष्ट्र सङ्घका महासचिव एण्टोनियो गुटरेसलाई नेपाल र डोमिनिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी  गराएको बताइएको छ ।

सात सय ५० वर्गकिलोमिटर क्षेत्रफल करीब ७५ हजार जनसङ्ख्या भएको टापु राज्य डोमिनिका र नेपाल समूह ७७ र असंलग्न आन्दोलनका सदस्य हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : ##कूटनीतिक सम्बन्ध, #breaking


तपाईको कमेन्ट लेख्नुहोस्