कोरोना संक्रमणबाट बाँकेमा ११ घण्टामा ८ जनाको मृत्यु
कोरोना संक्रमणबाट बाँकेमा ११ घण्टामा ८ जनाको मृत्यु भएको छ । बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका ६ जना तथा कैलाली र बर्दियाका एक–एकजना गरी ८ जनाको मृत्यु भएको हो । बुधबार राती ९ बजेदेखि बिहिबार बिहान ८ बजे भित्र उनीहरुको मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
ओलीका अनुसार गएराती ८ः५५ बजे नेपालगञ्ज १३ का ५८ वर्षिय पुरुष संक्रमितको मेडिकल कलेजमा मृत्यु भएको थियो भने त्यसको ठीक ५ मिनेट पछि कोहलपुर ११ निवासी ४३ वर्षिया महिलाको पनि मेडिकल कलेजमै र नेपालगञ्ज ४ का ६० वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको थियो ।
यस्तै नेपालगञ्ज ९ का ४२ वर्षीय पुरुषको भेरी अस्पतालमा गएराती १० बजे मृत्यु भएको तथा बर्दिया, बढैयाताल गाउँपालिका ८ का ३२ वर्षीय पुरुषको मेडिकल कलेजमा राती १ बजे मृत्यु भएको ओलीले बताए ।
यसैगरि नेपालगञ्ज ५ निवासी ५५ वर्षीय पुरुषको बिहिबार बिहान ५ बजे मेडिकल कलेजमा, लम्की चुहा नगरपालिका १ कैलालीका ४३ बर्षिय पुरुषको बिहिबार बिहान ७ः५० बजे तथा खजुरा गाउँपालिका २ का ६७ वर्षिया महिलाको बिहिबार बिहान ८ बजे भेरी अस्पतालमा मृत्यु भएको हो ।
बर्दियाका ३२ वर्षीय पुरुषको मृत्यु भएसँगै उपचारका लागि बाँकेका विभिन्न अस्पतालमा आएका बाहिरी जिल्लाका १०९ र बाँकेका मात्रै १०६ जनाको मृत्यु भएको ओलीले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोरोना संक्रमण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्