जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने निर्णय
काठमाडौं । नेपाल सरकारले जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने निर्णय गरेकाे छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार वादी भएका र कानुनी हिसाबले फिर्ता लिन मिल्ने १ सय २० जनालाई लागेको १५ वटा मुद्दा फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।
नेपाल सरकार वादी भइ चलाएका फौजदारी मुद्दा फिर्ता लिने सम्बन्धी निर्देशिकाको आधारमा कानुन र संविधान बमोजिम मन्त्रिपरिषद्ले फिर्ता लिनसक्ने मुद्दा निरन्तर फिर्ता हुने उहाँको भनाइ छ । अहिले फिर्ता लिइएका सबै मुद्दा जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्तामाथि लागेको उहाँले जानकारी दिनुभयो ।
आफ्ना नेता तथा कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता भए जनता समाजवादी पार्टीले सरकारलाई समर्थन गर्ने जनाउँदै आएको थियो । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिने चेतावनी दिइरहेको बेला बहुमत जुटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाको माग सम्बोधन गर्नुभएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #जनता समाजवादी पार्टी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्