बसपार्क वरपरका पैदलमार्गमा फूटपाथ बजार झनै फस्टायो, संक्रमणसँगै दुर्घटनाकोे जोखिम
महानगरले आँखा चिम्ल्यो , आँखा उघारोस् !
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं २८को पुरानो बसपार्क वरपरका पैदलमार्गमा फूटपाथ बजार झनै फस्टाएको छ। यहाँका पैदलमार्ग बेलुकी व्यापारीले ढाकेका हुन्छन् । बेलुकीको बजार हेर्दा लाग्छ देशमा कुनै रोगको महामारी नै छैन ।
यहाँ बेलुकी सवारी चढ्न पैदलमार्ग भएर जाने यात्रुले बाटो पाउँदैनन् । सुन्धाराबाट पुरानो बसपार्क, रत्नपार्कको वरिपरि र राष्ट्रियसभा गृहबाट पुराना बसपार्कसम्मको दुवैतर्फका पैदलमार्ग व्यापारीले भरिभराउ हुन्छन् ।

पुरानो बसपार्क क्षेत्र रहेको काठमाडौँ महानगरपालिका वडा नं २८ का वडा अध्यक्ष भाइराम खड्गी कोभिड –१९ सम्बन्धी विषयमा छलफल गर्न आज बोर्ड बैठक बस्न लागेकाले यस विषयमा कुरा राख्ने तयारी गरेको बताउँछन् ।
यहाँ २५ जनाभन्दा बढी भेला हुन नपाउने मापदण्ड कार्यान्वयन हुन सकेको छैन । यात्रुहरुलाई बस चढ्न पैदलमार्गमा हिँड्दै सङ्क्रमण होला भन्ने डर छ ।
यति मात्र हैन काठमाडौंको पुरानो बसपार्क वरपर जस्तै अन्य ठाउँहरुमा पनि पैदलमार्गका बाजारका कारण पैदलयात्रुहरु सडकबाट हिँड्न बाध्य हुँदा संक्रमणसँगै दुर्घटना हुने सम्भावना पनि निकै छ।
तसर्थ पैदलमार्गका बजारलाई उचित व्यवस्थापन गरि पैदलमार्गलाई खाली बनाउनु महानगरको जिम्मेवारी हो । यसतर्फ महानगरले समयमै ध्यान दिइ उचित कदम चाल्नु टड्कारो अवश्यकता देखापरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##फूटपाथ बजार झनै फस्टायो, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्