Techie IT
शनिबार, फागुन २३,२०८२

पोखरामा भोलिदेखि निषेधाज्ञा,यातायातका साधनमा जोर विजोर प्रणाली लागू हुने


सीता पौडेल (अर्चना)
कास्की । जिल्ला प्रशासन कार्यालय कास्की (जिप्रकाका)ले भोली बुधबारदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । सोमबार साँझ बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख १५ गते बुधबार बिहान ६ बजेदेखि २१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको  हो।साथै  जिप्रकाकाले निषेधाज्ञासँगै सवारी साधनमा जोड विजोर प्रणाली लागू गर्ने निर्णय  गरेको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले मंगलबार यो समयमा के गर्न के नगर्ने सहितको १० बुँदा आदेश जारी गरेका छन् । सगै उनले सो आदेशको अवज्ञा गरी कार्य गरेमा स्थानीय प्रशासन ऐन २०२८,संक्रामक रोग ऐन २०२०, एवम् अन्य प्रचलित कानुन बमोजिम कारवाही गर्ने समेत उल्लेख गरेका छन् । (हेर्नूहोस् जारी आदेशसहित)


क्याटेगोरी : समाचार
ट्याग : ##जिप्रकाका, ##निषेधाज्ञा जारी गर्ने निर्णय, #breaking


तपाईको कमेन्ट लेख्नुहोस्