ब्राउनसुगरसहित दुई युवा पक्राउ
उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकास्थित गाईघाट बजारबाट ब्राउन सुगर सहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ पर्नेमा त्रिनपा–३ मिलन चोकका ३४ वर्षीय श्यामकुमार चौधरी र सोही स्थान बस्ने अर्का २८ वर्षीय रेवत खाती रहेको प्रहरीले बताएको छ ।
सोमबार बेलुकी गोप्य सूचनाका आधारमा सम्बन्धित स्थानमा छापा मार्दा २०० ग्राम ब्राउनसुगरसहित दुई युवालाई पक्राउ गरेको प्रहरीको भनाई छ । ब्राउनसुगरसहित पक्राउ गरिएका दुवैलाई जिल्ला प्रहरी कार्यलयको हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : ##उदयपुर, ##दुई युवा पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्