शान्ति सुरक्षामा असर पुर्याएको आरोपमा ६ जना तेश्रो लिंगी पक्राउ
चितवन । चितवन प्रहरीले अश्लिल हर्कत तथा गतिविधी गर्ने र हो-हल्ला गरी समाजमा शान्ति सुरक्षा असर पुर्याएको आरोपमा ६ जना तेश्रो लिंगीहरूलाइ पक्राउ गरेको छ ।
भरतपुर महानगरपालिकाको वडा नम्बर ३ ओरालो स्थित सडक खण्डको एरियामा रातको समयमा बाटोमा हिँड्ने स्थानीयलाई सामाजिक मर्यादाविपरीत खालको क्रियाकलाप गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरुलाइ हिजो (आइतबार) पक्राउ गरेको हो ।
पक्राउ परेकाहरू उपर मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ अन्तर्गत अभद्र व्यवहार कसुरमा थप अनुसन्धान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले जानकारी दिए ।
समाजमा शान्तिसुरक्षा कायम गर्न आफुहरु सदैव कटिबद्ध रहेको बताउँदै (एसपी) अधिकारीले शान्तिसुरक्षामा खल्ल पुर्याउने जोकोही भएपनि त्यस्ता ब्यक्तिलाइ कानुनी कठघरामा उभ्याएरै छाड्ने बताए । समाज निर्माणमा स्थानीयको पनि उल्लेखनीय भुमिका रहने भएकोले समाजमा अशान्ति मच्चाउने र होहल्ला गरी आतंक मच्चाउने उपर प्रहरी कठोर हुने उनको भनाइ छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्