पलाञ्चोक भगवती मन्दिर अनिश्चितकालका लागि बन्द
काभ्रेपलाञ्चोक।कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि बढ्दै गएकाले सर्वसाधारणको भिडभाड हुन नदिन पलाञ्चोकमा रहेको पलाञ्चोक भगवती मन्दिरमा अनिश्चितकालका लागि पूजा र दर्शन गर्न रोक लगाइएको छ।पाँचखाल नगरपालिकाले आइतबारदेखि नित्य पूजाबाहेकका अन्य पूजापाठलगायतका सम्पूर्ण क्रियाकलाप बन्द गरेको हो ।
नगरपालिका प्रमुख महेश खरेलले विश्वभरि फैलिँदै गएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमणको जोखिम भएकाले नगरपालिकाको नगरस्तरीय विपद् व्यवस्थापन समितिको यही वैशाख १० गते बसेको निर्णयानुसार सर्वसाधारणलाई दर्शन र पूजापाठ गर्न बन्द गरिएको बताए । मन्दिरमा नियमित नित्य पूजा भने निरन्तर चल्ने उनको भनाई छ ।
नगरपालिकाले पञ्लाञ्चोक भगवती मन्दिरलगायत नगरभित्रका अन्य मठमन्दिरमा समेत सर्वसाधारणलाई अर्को सूचना नभएसम्मका लागि पूजा र दर्शन गर्न रोक लगाइने जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##पलाञ्चोक भगवती मन्दिर, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्