जेठ ६ गते बिहीबार हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान
काठमाडौं, १० वैशाख । आगामी जेठ ६ गते बिहीबार हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान गरेको छ ।
संविधानको धारा २७१ अनुसार उपनिर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आयोगले आग्रह गरेको छ । दलको विधान, नियमावली तथा घोषणापत्रसहित कागजातहरू दल दर्ताका लागि आवश्यक पर्ने आयोगले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।
सूचना अनुसार वैशाख १४ गतेभित्र दल दर्ता गरिसक्नु पर्ने छ । बागमती प्रदेशमा रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।
नेकपा माओवादी केन्द्रबाट २०७४ को निर्वाचनमा रामबहादुर थापा बादल यो क्षेत्रबाट निर्वाचित भएका थिए । बादलले आफ्नो दल त्याग गरेपछि राष्ट्रिय सभा सदस्यको पद रिक्त भएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #निर्वाचन आयोग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्