प्रधानमन्त्री ओली र नेता नेपाल बीचको भेटवार्ता सकियो , वार्ता सकारात्मक
काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भएको भेटवार्ता सकिएको छ । वार्तापछि उनीहरु नागपोखरीस्थित मेरियट होटलबाट बाहिरिएका छन् । उनीहरुले सो भेटबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।
पार्टीभित्र देखिएका अन्तरसङ्घर्ष व्यवस्थापन गर्ने सम्बन्धमा उनीहरूबीच छलफल भएको हो । गत पुस ५ गते प्रतिधिसभा विघटनपश्चात उनीहरूबीच संवाद हुन सकेको थिएन ।
यसअघि स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष ओलीसँग भेट गरी पार्टीभित्रका विवाद अन्त्यका लागि विशेष पहल लिन आग्रह गरेका थिए । ।
उनीहरुबीच के के कुराकानी भयो भन्नेबारे केही खुलेको छैन । दुवै जनाले सञ्चारकर्मीलाई प्रतिक्रिया दिन चाहेनन् ।
उनीहरुबीच करिब डेढ घण्टा वार्ता भएको थियो ।
दुवै हँसिलो मुद्रामा बाहिर निस्केका कारण छलफल सकारात्मक भएको अनुमान गरिएको छ भने प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोतीलाल दुगडले वार्ता सकारात्मक भएको बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी ओली र नेता माधव नेपाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्