लुम्बिनीमा मन्त्री बनेका ४ सांसदलाई फिर्ता हुन जसपाको निर्देशन
काठमाडौँ, ६ वैशाख । लुम्बिनी प्रदेशमा नयाँ मन्त्री नियुक्त भएका जनता समाजवादी पार्टी (जसपा) पार्टीका सांसदलाई सरकारबाट फिर्ता हुन पार्टीले निर्देशन दिएको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै जसपाले निर्णय विपरीत लुम्बिनी प्रदेशमा मन्त्री पदको सपथ लिएको भन्दै ४ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
जसपाको लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले जारी गरेको विज्ञप्तिमा नवनियुक्त मन्त्रीहरु विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साललाई यथाशिघ्र सरकारबाट फिर्ता हुन निर्देशन दिँदै स्पष्टीकरण माग गरेका हुन् ।
चित्तबुझ्दो स्पष्टिकरण नभए पार्टीबाटै निष्काशन गरिने उल्लेख गरिएको छ ।
यता, जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुले जसपा नेपालका नव नियुक्त मन्त्रीहरुलाई बधाई तथा कार्यकालको शुभकामना दिइरहेका छन् ।
यसरी हेर्दा जसपाको एउटा पक्षले प्रधानमन्त्री केपी ओलीसँगै सहकार्य गरेर अघि बढ्ने आकांक्षा राखेको बुझिन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #लुम्बिनीमा मन्त्री बनेका ४ सांसद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्