काठमाडौं लगायत प्रमुख शहरहरुका विद्यालय केही अवधिका लागि बन्द
काठमाडौं, ६ वैशाख । सरकारले काठमाडौंलगायत प्रमुख शहरहरुका विद्यालय केही अवधिका लागि बन्द गर्ने निर्णय गरेको छ ।
आज सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बढ्दो क्रममा रहेको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि प्रमुख शहरका विद्यालयहरु बन्दका लागि आदेश जारी गर्ने निर्णय सरकारले गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
शनिबार बसेको सीसीएमसी बैठकले कोरोनाको नयाँ भेरियन्ट नियन्त्रण तथा रोकथामका लागि एक महिना विद्यालय बन्द तथा रात्रीकालीन व्यवसाय बन्द गर्नुपर्ने प्रस्ताव गरेको छ ।
तर, विद्यालयको पठन पाठन भने पूर्णरुपमा बन्द नगरी अनलाइन माध्यमबाट पढाउनुपर्ने सीसीएमसीको सर्त छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मन्त्रिपरिषद् बैठ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्