तारकेश्वर नगरस्तरीय राट्रिय सगीतकर्मी संघको प्रथम भेला तथा शुभकामना आदान – प्रदान कार्यक्रमा सम्पन्न
सीता पौडेल (अर्चना)
काठमाडौं । तारकेश्वर नगरपालिकास्तरीय राट्रिय सगीतकर्मी संघको प्रथम भेला तथा नयाँ वर्ष २०७८को शुभकामना आदान – प्रदान कार्यक्रमा सम्पन्न भएको छ ।
शनिबार राष्ट्रिय संगीतकर्मी संघ काठमाडौंद्धारा आयोजित उक्त कार्यक्रम तारकेश्वरको लोकतान्त्रिक चोकमा अवस्थित एक पार्टी प्यालेसको सभाहलमा सम्मन्न भएको हो ।
‘ हाम्रो कला र संस्कृति गौरवपूर्ण सान , कलाकर्मी उत्थानको लागि हाम्रो अभियान ’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गदै आएको संघको प्रथम भेलाले नयाँ कार्य समितिसमेत चयन गरेको छ । भेलाले कलाकार अजय अधिकारी (शुशिल)अध्यक्ष ,कलाकार अस्मिता धमला उपाध्यक्ष र कलाकार सविन गौतम सचिव रहने गरि अन्य पदाधिकारी र सदस्यहरुसाथमा सर्वसम्मतिबाट नयाँ कार्य समिति चयन गरेको हो ।

कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष अमृत थापाले नगरभित्र विधिन्न मौलिक संस्कृतिहरु रहेकाले ती संस्कृतिको जर्गेना गर्न कलाकार तथा संघसमक्ष अनुरोध गरे । नगर तथा वडाको विकासका लागि कलाकारको महत्वपूर्ण भूमिका रहने भन्दै कला तथा संस्कृतिको जर्गेनाको अभियानमा वडाको पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता जाहेर गरे । त्यस्तै कार्यक्रममा प्रध्यापक डां. प्रदिप चन्द्र गौतमले संगीत सबैको साझा भाषा भएको धारणा व्यक्त गरे ।
संघले नगरभित्रका टोलटोलमा लुकेर बसेका प्रतिभाको खोजी गरि उनिहरुको प्रतिभालाई प्रस्फूटन गराउने तथा गीतसंगीत,कला र संस्कृतिको जर्गेना गर्ने संगीतकर्मीहरुलाई एकिकृत गर्ने जस्ता उद्देश्यले यस्ता विविध कार्यक्रमहरु आयोजना गदै आएको आयोजकको भनाई छ।

क्याटेगोरी : समाचार
ट्याग : ##राट्रिय सगीतकर्मी संघ, #breaking, #तारकेश्वर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्