कोभिड देखिए विद्यालय बन्द गर्नू : काठमाडौँ महानगरपालिका
काठमाडौँ महानगरपालिकाले विद्यार्थी, शिक्षक वा अन्य कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भए मात्र विद्यालय बन्द गर्ने भएको छ । कामपाले एक विज्ञप्ति जारी गर्दै कुनै पनि विद्यालयमा कोरोना सङ्क्रण देखिए एक साताका लागि बन्द गर्नसक्ने निणय गरेको छ । यसरी बन्द गरिएका विद्यालयमा वैकल्पिक मध्ययमबाट सिक्षण सिकाइ गर्न गराउन पनि कामपाको शिक्षा अधिकारी रामप्रसाद सुवेदीबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
सङ्क्रमण नदेखिएका अवस्थामा विद्यालयमा सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग तथा साबुन पानीले पटकपटक हात धुने, स्यानिटाइजरको प्रयोग गर्नेलगायत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट विगतमा जारी गरिएका मापदण्डको कडाइका साथ पालना गरी अभिभावकको सहमतिमा विद्यालय सञ्चालन गर्न विज्ञप्तिमा भनिएको छ ।
कामपामा हाल ९१ सामुदायिक र ६४५ वटा संस्थागत गरी ७३६ विद्यालय छन् । यी विद्यालयमा दुई लाख तीन हजार ९७१ विद्यार्थी अध्ययन छन् । यसमध्ये एक लाख ५८ हजार ९७१ संस्थागत विद्यालयमा र बाँकी सामुदायिक विद्यालयमा अध्ययन गर्छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौँं महानगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्