सिंहदरबारभित्र नायब सुब्बा(नासु)हरुको प्रदर्शन
काठमाडौं । सिहंदरबारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडी नासु पदका कर्मचारिहरुले प्रदर्शन गरेका छन् । संघीय निजामती सेवा विधेयकका केही प्रावधानको विरोधमा उनिहरुले प्रदर्शन गरेको बताएका छन् ।
बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि भेला भएर कर्मचारीहरुले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।उनीहरुले प्लेकार्डमा ‘माननीय ज्यू नासुको आँसु देख्नु भएन ’, ’गिरेको मनोबल कस्तो खोजेको प्रतिफल‘ लगायतका नारा लेखिएका थिए ।
उनीहरुले राजपत्रांकित तृतीय श्रेणी ,अधिकृतमा पदपूर्तिको व्यवस्थाप्रति नासुहरुको आपत्ति रहेको बताएका छन् । सो श्रेणीको पदपूर्तिलागि आन्तरिक प्रतिस्पर्धाबाट २० प्रतिशत र बढुवाबाट ३० प्रतिशत व्यवस्था गर्नुपर्ने समेतका माग उनिहरुको छ । यता संसदमा पेस भएको संघीय निजामी सेवा विधेयकमा भने अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था रहेको छ ।
संसदमा पेस भएको संघीय निजामी सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था छ ।

क्याटेगोरी : समाचार
ट्याग : ##नासु)हरुको प्रदर्शन, #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्