आज सुईरेचौरमा रेस्लिङ प्रतियोगिता हुृँदै , १६ जना खेलाडीले प्रतिष्पर्धा गर्ने
नुवाकोट। नेपाल रेस्लिङ संघको आयोजनामा नुवाकोटको शिवपुरी गाउँपालिकामा रहेको सुईरेचौरमा आर डब्लु समर स्ल्याम रेस्लिङ प्रतियोगिता आज हुृँदै छ ।
नयाँ वर्ष २०७८ को अवसरमा यो रेस्लिङ महाभिडन्तमा नेपालका १६ जना खेलाडीले ५ वटा समूहमा प्रतिष्पर्धा गर्नेछन् ।शिवपुरी गाउँपालिका, राष्ट्रिय खेलकुद परिषद, खेलकुद विकास परिषद बागमती प्रदेशको सहयोगमा सम्पन्न हुन लागेको आर डब्लु समर स्ल्याम रेस्लिङ प्रतियोगिताको लाईट वेट तौल समुहको विजेताले नगद ८ हजार, ट्रिपल थ्रेटले नगद १० हजार, लाईट हेभी वेटको विजेताले नगद १२ हजार, हार्डकोरका विजेताले नगद १५ हजार र हेभी वेट विजेताले नगद २० हजार प्राप्त गर्ने आयोजकले बताएको छ।
हेभी वेट अन्तर्गत राष्ट्रिय रिङ रेस्लिङ विजेता नुवाकोटे टाइगर र चट्टान भिड्ने छन्। त्यस्तै लाइट हेभीतर्फ डेभिड र साइन, हलुका तौलमा एक्स हिरो र सिजे भिड्नेछन्। महिलातर्फ तानु, दिलसा र डेनिकाबीच भिडन्त हुनेछ भने हार्ड कोरतर्फ द युब र थागु भिड्नेछन्। प्रतियोगितामा बिकास खड्काले रेफ्रीको भूमिका निभाउने छन्।
हिजो आइतवार शिवपुरी गाउँपालिकास्थित सुईरेचौरमा कार्यक्रमको बारेमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा, वडा नं। २ का वडा अध्यक्ष रुद्रबहादुर गुरुङ, वडा नं। ४ का वडा अध्यक्ष झमकराज गुरुङ, वडा नंं ६ का वडा अध्यक्ष लाल बहादुर तामाङ र वडा नं। ७ का वडा अध्यक्ष माधवप्रसाद भेटुवाल शिवपुरी यातायात प्रा लिका अध्यक्ष प्रहलाद थापा स्थानीय समाजसेवी वीर बहादुर तामाङको उपस्थितीमा पत्रकार सम्मेलन गरिएको थियो ।
शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले रेस्लिङ प्रतियोगिताबाट सुईरेचौरलाई थप प्रवद्र्धन गर्न सहयोग पुग्ने बताएका थिए । नेपाल रेस्लिङ संघकी महासचिव सुर्वण श्रेष्ठ र कोषाध्यक्ष कमल तामाङले राजधानी काठमाडौंदेखि नजिकै रहेको शिवपुरी गाउँपालिकाको पर्यटकीय गन्तव्य सुईरेचौरलाई प्रबर्द्धन गरि थप पहिचान दिलाउन प्रतियोगिता महत्त्वपूर्ण हुने बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #सुईरेचौरमा रेस्लिङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्