चितवनमा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, दर्जनभन्दा बढी घाइते
चितवन । पुर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ११ स्थित चिउडे खोलामा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
राप्ती नगरपालिकाको वडा नम्बर ११ स्थित आँपपानीमा रहेको राप्ती नगरपालिकाको भवन ढलान गरेर थाकलटारबाट चिउडेखोला तर्फ फर्किदै गरेको ना १ त ६२८२ नम्बरको ट्याक्टर आज साँझ ७:२५ बजेको समयमा अनियन्त्रित भई सडकबाट २०० मिटर तल खसेको थियो । दुर्घटनामा परी चार जनाको पुरानो मेडिकल कलेज र अर्का एक जनाको भरतपुर अस्पतालमा उपचारका क्रम्मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उक्त दुर्घटनामा परी अन्य एक दर्जन भन्दा बढी घाइते भएका छन् । उनीहरुको पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ । घट्नाको विस्तृत विवरण आउन बाँकी छ । यसअघि भरतपुरको रामपुरमा म्याजिक भ्यान अनियन्त्रित भइ पल्टिदा दुइ जनाको मृत्यु भएको थियो । यो संगै आज जिल्लामा सवारी दुर्घटनाबाट सात जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्