प्रदेश १ मा जिल्ला अस्पताल संखुवासभा पहिलो
संखुवासभा जिल्ला अस्पताल प्रदेश १ मा पहिलो
संखुवासभा- जिल्ला अस्पताल संखुवासभा प्रदेश १ मा पहिलो बनेको छ । प्रदेश १ का १४ वटा अस्पताललाई पछि पार्दै जिल्ला अस्पताल पहिलो भएको हो । न्यूनतम सेवा मापडण्ड मापनमा जिल्ला अस्पताल संखुवासभाले ७१ प्रतिशत अंक ल्याएर प्रथम भएको अस्पतालका प्रशासन प्रमुख दीपेश श्रेष्ठले बताउनुभयो । यस अघि यो अस्पताल प्रदेश १ मा १२ औ स्थानमा थियो ।
५० बेडको दितिय स्तरको प्रादेशीक अस्पताल १ नम्बर प्रदेशमा १४ वटा रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यले बताउनुभयो । जनशक्तिको व्यवस्थापन, आर्थिक व्यवस्थापन, औजार उपकरणको उपलव्धता र प्रयोग, मानव संसाधन व्यवस्थापन, बिरामीको सेवा सुबिधा, फोहरमैला र विपत व्यवस्थापनमा भएका ९ सय ३९ अंकमा ७१ प्रतिशत ल्याएको अध्यक्ष शाक्यले बताउनुभयो । सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की समेतको विज्ञ टोलीले अनुगमन गर्नुभएको थियो ।
आगामी बर्षमा थप नयाँ सुबिधा अस्पतालमा थप्ने पनि अध्यक्ष शाक्यले बताउनुभयो । यसै आर्थिक बर्षमा व्लड कल्चर सेवा र हार्डजोर्नी विशेषज्ञ सेवा सञ्चालन गर्ने तयारीमा रहेको अस्पतालका प्रशासन प्रमुख दीपेश श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार अस्पतालले आगामी आर्थिक बर्षमा सिटि स्क्यान र आईसियु सञ्चालन गर्ने लक्ष राखेको छ । उँहाले जिल्ला अस्पताल संखुवासभालाई प्रदेशमै नमूना बनाईने पनि बताउनुयो ।
क्याटेगोरी : विशेष, समाचार, स्वास्थ्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्