Techie IT
आईतबार, चैत्र १,२०८२

मोबाइलबाटै ट्राफिक जरिवाना तिर्न सकिने

सवारी चालकलाई जरिवाना तिर्न बैंकमा लाइन बस्नुपर्ने बाध्यताको अन्त्य


काठमाडौं।महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घन गरेबापत तिर्नुपर्ने जरिवाना मोबाइलबाटै तिर्न सकिने गरी शुक्तबारदेखि नै सेवा विस्तार गरेको छ।

यसअघि अनलाइन सेवा प्रदायक संस्थाबाट ट्राफिक जरिवाना भुक्तानी शुरु गरिएको र अब भने आफ्नै बैंक खाताबाट सिधँं जरिवाना तिर्न सकिने गरी सेवा विस्तार भ्एको हो।यसले सवारी चालकलाई जरिवाना तिर्न बैंकमा लाइन बस्नुपर्ने पर्ने बाध्यताको अन्त्य भएको र ट्राफिक कार्यालयमा हुने भिडभाडमा समेत कमी आउने विश्वस गरिएको महाशाखाका बरिष्ठ प्रमुख प्रहरी उपरीक्षक जनक भट्टराईले  बताए।

ट्राफिक महाशाखाले ट्राफिक जरिवाना रकम ट्राफिक भ्वाइलेसन रेकर्ड सिस्टम/ टिभीआरएस, नेपाल सरकारको राजश्व व्यवस्थापन सूचना प्रणाली /आरआइएमएसर सेवा प्रदायक संस्थाबीच समन्वय गरी सम्बन्धित व्यक्तिको बैँक खातामार्फत भुक्तान हुने गरी सफ्टवेयर प्रणालीको विकास गरेको बताएको छ ।

अब  थप ४५ वटा बैंक तथा वित्तीय संस्था र ७ वटा अनलाइन भुक्तानी सेवा प्रदायक संस्थाबाट सिधै ट्राफिक जरिवाना भुक्तानी गर्न सकिने बताएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : ##जरिवाना मोबाइलबाटै तिर्न सकिने, #breaking


तपाईको कमेन्ट लेख्नुहोस्